site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
१२ फुटबल क्लबलाई ललितपुर महानगरको प्रोत्साहन पुरस्कार

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ क्लबलाई सम्मान गरेको छ ।

ललितपुरमा आइतबार एक कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले क्लबलाई नगदसहित सम्मान गर्दै प्रतियोगिता जितेबापत थप पुरस्कारबाट प्रोत्साहन गरेको हो । उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फाका महासचिव किरण राई लगायतले पुरस्कार रकमको चेक हस्तान्तरण गरेका थिए । ललितपुरले शीर्ष डिभिजनका पाँच क्लब थ्री स्टार, प्रेन्ड्स, जावलाखेल युथ, चर्च ब्वाइज र सातदोबाटो युथ क्लबलाई समान चार लाख रुपैयाँ प्रदान गरेको हो ।

विभिन्न प्रतियोगिता जितेबापत पनि समान चार लाखका दरले चर्च ब्वाइज र ‘बी’ डिभिजन क्लब ब्रिगेड ब्वाइज युनाइटेडले थप पुरस्कार पनि पाए । चर्च ब्वाइजले पाँच नकआउट र ब्रिगेडले दुई प्रतियोगिता जितेको थियो । चर्च ब्वाइजले कुल २० लाख र ब्रिगेड ब्वाइजले कुल आठ लाख रुपैयाँ पुरस्कार पाए । बिग्रेडसँगै ‘बी’ डिभिजनका अन्य दुई क्लब च्यासल र खुमलटार एफसीले पनि समान तीन लाख रुपैयाँ पाएका हुन् । ललितपुर महानगरले ‘सी’ क्लबलाई भने समान दुई लाख प्रदान गरेको थियो । ललितपुरमा रहेका ‘सी’ डिभिजन क्लबका खालीबारी, पुलचोक स्पोर्ट्स, झम्सीखेल युथ र सानेपा क्लबलाई पनि सम्मान गरिएको थियो ।

ललितपुर महानगरपालिका मेयर महर्जनले ‘बी’ डिभिजनबाट शीर्ष डिभिजनमा पुग्ने क्लबलाई २० लाख रुपैयाँ दिने बताए । उनले लिग नहुने हो भन्दै एन्फालाई प्रश्न गर्दै खेलाडी पलायन हुने उल्लेख गरे । लिग नहुँदा फुटबलको स्तर घट्ने उल्लेख गर्दै मेयर महर्जनले एन्फालाई लिग आयोजना गर्न अनुरोध गरे । आगामी वर्ष ‘ए’ डिभिजन क्लबमा खेल्ने ललितपुरका एक खेलाडीलाई मासिक रूपमा तलबको व्यवस्था गर्ने बताए ।

एन्फाका महासचिव किरण राईले संघीय सरकारले मात्र लगानी गरेर खेलकुद र खेलाडीको स्तर विकास सम्भव नहुने उल्लेख गर्दै स्थानीय सरकारको भूमिका पनि महत्त्वपूर्ण रहने उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro