site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कांग्रेसको एसएमई सम्मेलनमा कस्ता थिए स्टार्टअप ?

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय परिसरमा आयोजना गरेको ‘नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसायी (एसएमई) सम्मेलन’मा स्थानीय कच्चा पदार्थबाट बनेका सामान प्रदर्शनीमा ल्याइएको छ । उक्त सम्मेलनमा धेरै किसिमका सामग्रीका ८० भन्दा बढी स्टार्टअप तथा एसएमईका स्टल रहेका थिए ।

स्थानीयस्तरमै पाइने कच्चा पदार्थबाट बनेका सामान स्टलमा पाइन्छन् । यीसँगै स्थानीयस्तरमा पाइने बाँस तथा छुवालीबाट बनेका सामग्री पनि प्रदर्शनी तथा बिक्रीमा राखिएका थिए । कांग्रेस केन्द्रीय कार्यालयको परिसरमा यी सामग्री हेर्नेको दुइ दिनसम्म घुइँचो लागेको थियो ।

दैनिक प्रयोगमा ल्याइने सामग्रीदेखि प्रविधिका उत्पादनहरू पनि यहाँ प्रदर्शनीमा राखिएका थिए ।

Dabur Nepal

सम्मेलनमा आकर्षक लाग्ने बाँसका सामग्रीहरू पनि रहे । ललितपुरको भनिमण्डलमा रहेको दीगो नेपालले आफ्ना आकर्षक उत्पादन प्रदर्शनीमा राखेको थियो । पाँच वर्षपहिले स्थापना भएको दीगो नेपालले कागजबाट पेन्सील, काठको डाडु, काठको चकिङ बोर्ड र सजावटका सामग्रहरू उत्पादन गर्दै आएको छ । दीगो नेपालकी मार्केटिङ म्यानेजर सपना शाहीका अनुसार कोठा सजावटदेखि व्यक्तिगत प्रयोगमा प्रयोग गरिने सामग्रीहरू स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिएको हो । “हामीले सबै किसिमका सामान बनाउँछौं, बिक्री गर्दै आएका छौं । घरमा चाहिने सामानदेखि डेकुरेसनका सामानहरू पनि बनाउने गरेका छौं,” उनले बाह्रखरीसित भनिन्, “ब्रस, काइँयो, कलम, किचेनमा प्रयोग हुने सामानहरू, चकिङ बोर्ड, डाडु, म्याट, मेकपका लागि सामन राख्ने बट्टा, पानी पिउने बोतललगायतका सामान हामीले बनाउँदै आएका छौं ।”

यस्ता सामान बनाउन गृहणीहरूको सहायता लिइने गरिएको उनी बताउँछिन् । यस्ता सामग्री उत्पादन तथा बजारीकरण गर्ने करिब १०० जनाले रोजगारी पाएको उनी बताउँछिन् । 

मेहनत बढी लाग्ने भएकाले केही महँगो जस्तो लाग्ने उनी बताउँछिन् । गाउँका महिलाहरूले बनाएका सामानलाई दीगो नेपालले कलेक्सन गरेर बजारीकरण गरेको शाही बताउँछिन् । 

cstall-1738308280.JPG
 

टिकटक, फेसबुक तथा इन्स्ट्राग्रामबाट मार्केटिङ गरिने उनी बताउँछिन् । प्रत्येक शनिबार यस्ता सामान रैथाने बजार र लबिम मलमा पनि प्रदर्शनमा राखिने शाही बताउँछिन् । 

त्यसैगरी एनसी एग्रो टेक इन्डस्ट्रीले स्थानीय स्रोत साधनको प्रयोगबाट बाँसका सिन्का, राजा च्याउ तथा कोइला उत्पादन गर्दै आएको छ । यो कम्पनीका निर्देशक दीपकप्रसाद न्यौपानेले पनि आफ्ना उत्पादन स्टर्टअप सम्मेलनमा प्रदर्शनीमा राखेका छन् । नवलपुरको गैंडाकोटमा फ्याक्ट्री रहेको यो उद्योग २५ करोड रुपैयाँमा चार वर्षअघि सञ्चालनमा आएको हो । पूर्ण रूपमा कम्पनीले अर्गानीक च्याउ उत्पादन गर्दै आएको न्यौपाने बताउँछन् । यसका सथै बाँसबाट सिन्का र कोइला पनि बनाउँदै आएको छ । 

“हामी बाँसबाट बन्ने सबै किसिमका सानाम बनउँछौं । त्यस्तै राजा च्याउ पनि उत्पादन गर्दै आएका छौं । हाम्रो प्राथमिकता राजा च्याउमा हो । हाम्रा उत्पादन देशभरका भाटभटेनी तथा बिगमार्टमा पाइन्छन्,” उनले भने, “अहिले हामीले १०० जनालाई रोजगारी दिएका छौं । फूलफ्लेजमा सञ्चालनमा आयो भने हामीले ५०० जनालाई रोजगारी दिन सक्छौं ।”

तीन वर्षका लागि चाइनाबाट दुई जना विज्ञ ल्याएर फ्याक्ट्री स्थापना गरिएको न्यौपाने बताउँछन् । कम्पनीले विशेष गरी होटल तथा पार्टी प्यालेसमा यस्ता सामग्री बिक्री गर्दै आएको  छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro