site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ । बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ ।

युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६८ पैसा तोकिएको छ । 

स्वीस फ्र्यांक एकको खरिदर १५२ रूपैयाँ २१ पैसा र बिक्रीदर १५२ रूपैयाँ ८७ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिदर ८६ रूपैयाँ १३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ र बिक्रीदर ९६ रूपैयाँ ४२ पैसा तोकिएको छ । 

सिंगापुर डलर एकको खरिदर १०२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर आठ रूपैयाँ ९५ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा कायम गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रूपैयाँ १० पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, यूएई दिराम एकको खरिदर ३७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । 

मलेसियन रिंगेट एकको खरिदर ३१ रूपैयाँ ४८ पैसा र बिक्रीदरट ३१ रूपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिदर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा कायम गरिएको छ । 

स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १२ रूपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ २७ पैसा र बिक्री दर १९ रूपैयाँ ३५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ७५ पैसा र बिक्रीदर १७ रूपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४५० रूपैयाँ ३२ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिदर ३६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ४९ पैसा कायम गरिएको छ । 

ओमनी रियाल एकको खरिदर ३५९ रूयैयाँ २५ पैसा र बिक्रीदर ३६० रूपैयाँ ८१ पैसा तथा भारतीय रूपैयाँ १०० को खरिदर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro