अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २३ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १०:५९
प्रतिक्रिया दिनुहोस्