site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
योगेश भट्टराईले भने– अध्यादेशबाट जन्मिएको पार्टीले ठिक छैन भनिरहेको छ 

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ‘अध्यादेशबाट जन्मिएको’ पार्टीले अध्यादेशकै विरोध गर्नु अचम्मलाग्दो भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्ने क्रममा नेकपा (एकीकृत समाजवादी)प्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अध्यादेशको विरोध गर्दै आएको छ । “अध्यादेशबाट जन्मिएको पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ, के हुन लागेको हो यो नेपालमा ! अचम्म लागिरहेको छ,” भट्टराईले भने ।

उनले ०७८ साल भदौ २ गते अध्यादेशकै कारण एमाले विभाजन भएको स्मरण गरे । प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरू सांसद र दलले अध्यादेशको प्रक्रियाका विषयमा विमति राख्नु नौटंकी भएको बताए । अध्यादेशको प्रक्रियामा अरू सांसद र दल अछुतो नरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro