site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ढ्यापढ्यापे समय नपाएपछि रास्वपाले गर्‍यो सदन अवरोध 

काठमाडौं । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको सुरूमै रास्वपाले अवरोध गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर नसुनाउँदै आफूहरु बोल्न पाउनुपर्ने भन्दै उभिएर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । तर सभामुखले रास्वपालाई ढ्यापढ्यापे समय उपलब्ध गराएनन् । 

Argakhachi Cement Island Ad

रास्वपाले ढ्यापढ्यापे समय माग गरेको थियो तर सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा समय माग नगरेको तर बैठक सुरु हुनासाथ अवरोध गरेको भन्दै बस्न आग्रह गरेका थिए ।

सभामुखको आग्रह रास्वपाले नसुनेपछि आदेश गरेका थिए । प्रतिनिधिसभाका नियमावलीको दफा १५ मा यो व्यवस्था गरिएको छ ।

“अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ,” भनिएको छ ।

तर सभामुखले दलीय आधारमा बोल्ने समय तय भएकाले रास्वपाका लागि छुट्टयाइएको समयमा आफ्ना धारणा राख्न अनुरोध गरेका थिए । रास्वपाको अवरोधका बीच सभामुखले कामकारबाही अघि बढाएपछि १५ मिनेटका लागि बैठक बहिस्कार गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्