site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बल्खु तरकारी बजारमा विषादी परीक्षण, अधिकांश खानयोग्य

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारीको नमुना लिएर विषादी परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । उनका अनुसार, बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमुनाको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको छ । उनले परीक्षण गरिएको सबै तरकारी खान मिल्ने रहेको बताए ।

Dabur Nepal
NIC Asia

"आज बल्खुमा अनुगमन गर्‍यौँ, बल्खुमा कालिमाटीबाट तरकारी आउने रहेछ । कालिमाटीबाट आएका तरकारीको बल्खुबाट नमुना संकलन गरेर परीक्षण गरेका छौँ । २० जिल्लाहरू काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट, रामेछाप, सर्लाही, धनुषा लगायतबाट आएका तरकारीहरूको नमुना संकलन गरेर परीक्षण गरेका छौँ," उनले भने ।

उनले अगाडि थपे, "नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्छौं । त्योभन्दा बढी भयो भने फाल्नुपर्छ । आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमुनाको परीक्षण गर्दा बढीमा २० प्रतिशतमात्रै पाएका छौँ । यो रायोको सागमा भेटिएको छ । यो ठिक छ ।"

उनका अनुसार, विषादीजन्य तरकारीको प्रयोगले क्यान्सरजस्ता रोग लाग्ने जोखिम हुन्छ । उपभोक्ताहरूले विषादीबाट बच्न तरकारी किनेर तीन दिनसम्म राख्नुपर्छ । तातोपानीमा नुन राखेर तरकारी डुबाएरमात्रै खानयोग्य हुने उनको भनाइ छ ।

सुवेदीले मोबाइल फुड ल्याब भ्यानबाट विभागले उपत्यकाका सबै तरकारी बजारमा जीवनाशक विषादीको परीक्षण गर्ने अभियान चलाइरहेको जानकारी दिए ।

न्युज एजेन्सी नेपालबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro