site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको तापक्रम घट्यो, विराटनगर र दिपायलको भिजिविलिटी १०० मिटर 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा केही स्थानमा हिमपात हुने भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । 

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसोसम्म खुल्ने मौसमविद् रोजन लामिछाने बताउँछन् । 

उनका अनुसार बिहान पौने ६ बजे दिपायल र विराटनगरमा समान १०० मिटर भिजिविलिटी छ । भैरहवामा २००, नेपालगञ्जमा एक हजार २०० मिटर भिजिविलिटी छ । 

धनगढीमा दुई हजार र काठमाडौंमा पाँच हजार मिटर भिजिविलिटी छ । 

“जाडो याम बाँकी रहेकाले तराईमा अझै केही दिन बिहानको समयमा हुस्सु र कुहिरो लाग्नेछ,” मौसमविद् लामिछानेले बाह्रखरीसँग भने । 

तराई क्षेत्रका अधिकांश विमानस्थलमा बिहान हवाई सेवा प्रभावित हुने सम्भावना छ । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा विमान उडान र अवतरणमा समस्या हुन्छ । 

दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना मौसमविद् लामिछानेले जानकारी दिए । 

राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकामा बिहान केही बदली भए पनि दिउँसो सामान्यतया मौसम सफा रहनेछ । बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् लामिछानेले जानकारी दिए । 

हिजोभन्दा आज काठमाडौंको तापक्रम केही घटेको छ । हिजो बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो । 

हिमाली भूभागमा हिमपात र तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात सेवामा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro