site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा अनलाइन दुष्प्रचार गर्नेलाई तीन वर्ष जेल सजाय हुने कानुन पारित

इस्लामाबाद । नेपालमा सामाजिक सञ्जाल नियमनका लागि आएको अध्यादेशको पक्ष र विपक्षमा बहस भइरहँदा छिमेकी देश पाकिस्तानमा सोही प्रकृतिको कानुन पारित भएको छ ।

पाकिस्तानले मंगलबार अनलाइन दुष्प्रचारलाई अपराधीकरण गर्दै तीन वर्षसम्मको कारावास सजायको व्यवस्था गरेको कानुन पारित गरेको छ । यो निर्णयलाई पत्रकारहरूले असहमतिमाथि कारबाही गर्न रचिएको बताएका छन् ।

यो कानुनले ‘जानाजानी’ अनलाइनमा त्यस्तो जानकारी फैलाउने जो–कोहीलाई लक्षित गर्छ, जसलाई उनीहरूले ‘झुटो वा नक्कली र डर, त्रास वा अशान्ति वा अस्थिरताको भावना सिर्जना गर्न सक्ने’ विश्वास गर्ने सम्भावना छ ।

Dabur Nepal
NIC Asia

मंगलबार पत्रकारहरू विरोधमा ग्यालरीबाट बाहिर निस्किएपछि सिनेटले अनुमोदन गर्नुअघि गत हप्ता थोरै चेतावनीका साथ राष्ट्रिय सभाको माध्यमबाट कानुन द्रुत गतिमा पारित गरिएको थियो ।

पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्टका सदस्य वरिष्ठ पत्रकार आसिफ बसिर चौधरीले सरकारले पत्रकारसँग परामर्श गर्ने आश्वासन दिएको, तर उनीहरूलाई ‘धोका दिएर पिठ्युँमा छुरा प्रहार गरिएको’ बताए । 

“हामी वास्तवमै दुष्प्रचार विरुद्धको कानुन चाहन्थ्यौँ, तर यदि यो खुला छलफलमार्फत नभई डर र दबाबमार्फत गरिँदै छ भने हामी यसलाई हरेक उपलब्ध मञ्चमा चुनौती दिनेछौँ,” चौधरीले भने , “तानाशाही शासनमा पनि यो सरकारले जसरी कानुन जबरजस्ती संसद्मा पारित गरिएको थिएन ।”

विधेयक अब स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाइनेछ ।

विश्लेषकहरूका अनुसार धाँधली आरोपले ग्रस्त चुनावपछि र पाकिस्तानका सबैभन्दा लोकप्रिय नेता, पूर्वप्रधानमन्त्री इमरान खानलाई उनको पार्टीले राजनीतिक प्रेरित भनेका भ्रष्टाचारका विभिन्न आरोपमा जेलमा राखिएपछि सरकार वैधानिकताको संघर्षमा छ ।

गत फेब्रुअरीको चुनावपछि मतदान धाँधलीको आरोप लगाउने पोस्टहरू फैलिएपछि सामाजिक सञ्जाल साइट एक्स बन्द गरिएको छ । टेलिभिजनमा खानको नाम सेन्सर गरिएको छ र सम्पादकहरूले आफ्ना कार्यक्रमहरूको बढ्दो निगरानीको जानकारी दिएका छन् । खानका समर्थक र वरिष्ठ नेताहरूले पनि हजारौँको घेराबन्दीसहित कडा दमनको सामना गर्नुपरेको छ ।

खानको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीका सदस्य सिनेटर सैयद सिब्ली फराजले नयाँ कानुनलाई ‘अत्यन्त अप्रजातान्त्रिक’ बताए । यसले उनीहरूका कार्यकर्ताहरूको ‘राजनीतिक उत्पीडनलाई बढावा दिने’ उनले बताए । 

तथापि सरकारका मन्त्री तनविर हुसेनले विधेयक सामाजिक सञ्जालको निगरानीमा केन्द्रित हुने बताए । “भविष्यमा सामाजिक सञ्जालमार्फत समाजमा हुने अराजकता नियन्त्रण हुनेछ भन्ने मलाई विश्वास छ,” उनले भने । 

मानव अधिकार संगठनको धारा १९ अनुसार पछिल्लो दशकमा विश्वव्यापी रूपमा फौजदारी कानुनसहित ‘गलत सूचना’ कानुनको प्रसार भएको छ । यसले सरकारहरूलाई अनलाइन भाषण नियन्त्रण गर्न र प्रहरीलाई ‘नक्कली समाचार’ नियन्त्रण गर्न सक्षम बनाएको छ ।

अभिव्यक्ति र सूचनाको स्वतन्त्रतालाई विश्वव्यापी रूपमा बढावा दिने यस समूहका अनुसार यस्ता कानुनहरूले पत्रकारितामा बाधा पुर्‍याउन सक्छन् ।रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro