site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले माघ १६ गते सहिद दिवसको अवसरमा बुधबार काठमाडौंमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद सप्ताहको अन्तिम दिन नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर सहिद दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

सहिद दिवसका दिन पहिला सहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए । श्रद्धाञ्जली अर्पणपछि काठमाडौंको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने प्रवक्ता गुरुङले बताए । 

त्यस्तै, बैठकले सरकारले ल्याएका अध्यादेश सदनमा पेस गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने निर्णय भएको बताए । 

सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको भन्दै उनले सुशासन प्रवर्द्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको स्पष्ट पारे । 

सरकारका प्रवक्ता गुरुङले विपक्षीले भनेजस्तो संसद छल्ने बदनियत सरकारको नरहेको र सदनमा नै खुला रूपमा अध्यादेशका बारेमा छलफल हुने बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro