site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जालसम्बन्धी सरकारले ल्याएको विधेयक बुझ्नुहोस् प्रश्नोत्तर शैलीमा 

काठमाडौं ।  सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पुर्‍याएको छ ।

सोमबार बेलुका अबेर उक्त विधेयकको मस्यौदा संसद् पुर्‍याइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदा संसद्को यसै अधिवेशनमा अघि बढाउने तयारी छ ।

सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेबार बनाउन तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्नका लागि यो विधेयक ल्याइएको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

सरकारले ल्याएको यो ऐन नेपालभर लागु हुनेछ र नेपाल बाहिरबाट नेपाल वा नेपाली नागरिकविरुद्ध यस ऐन बमोजिमको कसूर गर्ने व्यक्तिको हकमा समेत लागु हुनेछ ।

के छन् त यस विधेयकमा बुझ्नैपर्ने विषयवस्तु ? बुझ्नुहोस् प्रश्नोत्तर शैलीमा 

सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त 

–नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हितमा खलल पुग्ने वा सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भाव भड्काउने विषयवस्तु प्लेटफर्ममा प्रसार नगर्ने 

–प्रचलित कानुन विपरीतका विषयवस्तु पोस्ट वा सेयर गर्न नमिल्ने गरी प्लेटफर्ममा आवश्यक प्रविधि विकास गर्ने वा आवश्यक अन्य उपाय अबलम्बन गर्ने 

–कुनै व्यक्तिको चरित्रमा गम्भीर आघात पुग्ने किसिमको सामग्री वा घृणास्पद अभिव्यक्ति वा हिंसा भड्काउने वा साम्प्रदायिक सद्भाव बिगार्ने प्रकृतिको सामग्री अपलोड हुन वा प्रचारप्रसार हुन नदिने 

–प्रचलित कानुनले तोकेको अवस्थामा बाहेक सामाजिक सञ्जाल प्रयोगकर्ताको वैयक्तिक विवरणको गोपनीयता तथा बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारको प्रत्याभूति गर्ने

–सामाजिक सञ्जाल प्रयोगकर्ताको हित र सुरक्षाको लागि आवश्यक सचेतना र शिक्षामुलक सामग्री सामाजिक सञ्जालमार्फत् निरन्तर रुपमा प्रसार गर्ने 

–सामाजिक सञ्जालको प्रयोगका क्रममा आएका गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाउने 

–प्लेटफर्ममा प्रसार भएका विषयवस्तुको तथ्यको जाँच गर्ने 

–सामाजिक सञ्जाल प्रयोगकर्ताको वास्तविक परिचय खुलाएरमात्र प्लेटफर्म प्रयोग गर्न दिने

–प्लेटफर्ममा हुने आर्थिक कारोबार बैंकिङ प्रणालीबाट हुने व्यवस्थाको सुनिश्चित गर्ने

–यस ऐन बमोजिम जाँचबुझ वा कसुरको अनुसन्धान गर्ने प्रयोजनको लागि सञ्जाल प्रयोगकर्ताको विवरण (युजर डिटेल) सम्बन्धित निकायलाई उपलब्ध गराउने 

यी सर्त पालना नगरे के हुन्छ ?

२५ लाख देखि एक करोडसम्म जरिबाना तिर्नुपर्छ 

Sarta-1-1738053264.jpg

Sarta-2-1738053264.jpg

Sarta-3-1738053265.jpg

Sarta-4-1738053265.jpg

सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्नुहुँदैन ?

–कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पिच मानिने कार्य गर्न पाइने छैन ।

(क) हेट स्पिच भनेको के हो ?

हेट स्पिच भन्नाले व्यक्ति, समूह वा समुदायविरुद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका विषयवस्तु सामाजिक सञ्जालमा पोस्ट गर्ने, त्यसलाई सेयर गर्ने, लाइक गर्ने, कमेन्ट गर्ने, लाइभ स्ट्रिमिङ गर्ने, रिपोस्ट गर्ने, ट्याग गर्ने, ह्यासट्याग, मेन्सन गर्ने वा यस्तै प्रकृतिका अन्य कार्य पर्छन् ।

–मिथ्या तथा भ्राम सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रसार नगर्ने

–प्रचलित कानुनले निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार नगर्ने

–प्रचलित कानुनले निषेध गरेका क्रियाकलापको नक्कल वा सेयर नगर्ने 

–अन्धविश्वास फैलाउने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने विषयवस्तुको प्रसार नगर्ने 

यस्तो गरेमा के हुन्छ ?

पाँच लाखरुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ । 

Social-Media-1-1738053436.jpg

Social-Media-2-1738053436.jpg

Social-Media-3-1738053436.jpg

Social-Media-4-1738053436.jpg

–साइबर बुलिङ गरे के हुन्छ ? 

दुई वर्ष कैद वा तीन लाखसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।

–साइबर स्कटिङ्ग गरे के हुन्छ ?

कसैलाई झुटा आरोप लगाउने, धम्की दिने, जालसाजी गर्ने, दुव्र्यवहार गर्ने, निगरानी गर्ने, वैयक्तिक गोपनीयता भंग गर्ने, बारम्बार सन्देश पाउने काम गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

–कसैको आईडी ह्याक गरे के हुन्छ ?

सामाजिक सञ्जालको पासवर्ड वा सिरियल नम्बर क्य्राक गरी सामाजिक सञ्जालमा अनधिकृत पहुँच प्राप्त गरी तथ्यांक भण्डारमा हस्तक्षेप गरेको पाइएमा तीन वर्ष कैद वा १५ लाखसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

–फिसिङ वा स्क्याम्प गरे के हुन्छ ?

तीन वर्ष कैद वा १५ लाख जरिबाना वा दुवै सजाय हुन सक्छ ।

–सेक्सटोर्सन वा एक्सटोर्सन गरे के हुन्छ ?

कसैको निजी तस्बिर, अडियो वा भिडियो सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक गर्ने वा कसैसँग सेयर गर्ने धम्की दिइ यौन शोषण, आर्थिक लाभ वा हिंसा गरेमा वा त्रासमा पार्ने काम गरेमा तीन वर्षसम्म कैद वा १५ लाख जरिबाना वा दुवै सजाय हुनेछ ।

–सामाजिक सञ्जालमा बीभत्स तस्बिर राखे के हुन्छ ?

सामाजिक सञ्जालमा कसैको बीभत्स तस्बिर वा अडियो वा भिडियो पोस्ट वा सेयर गरेमा तीन महिनासम्म कैद वा ५० हजार जरिबाना वा दुवै सजाय हुनेछ ।

–अश्लिल, मित्था सूचना प्रसार गरे ?

दुई वर्ष कैद वा तीन लाख जरिबाना वा दुवै हुन सक्छ ।

–डिपफेक भिडियो अपलोड वा प्रसार गरेमा के हुन्छ ?

कसैको अनुहार, आवाज, वा हाउभाउलाई नक्क वा प्रतिस्थापन गरी गलत सूचना प्रवाह गरेर चरित्रहत्या गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

–फेक आईडी बनाए के हुन्छ ?

फेक आईडी बनाएर कुनै पनि विषयवस्तु उत्पादन गरी पोस्ट वा सेयर गर्ने, अरुको विषयवस्तु सेयर गर्ने, कमेन्ट गर्ने वा कल गरेमा ५० हजार जरिबाना वा तीन महिना कैद वा दुवै सजाय हुनेछ ।

तर त्यस्तो आईडीबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने काम गरेमा पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुनेछ ।

कसैलाई यस्तो काम गर्न लगाएमा कानुन बमोजिम हुने सजायमा एक वर्षसम्म थप कैद सजाय हुन सक्नेछ ।

–एकपटक बढी गरेमा के हुन्छ ?

दोब्बर सजाय हुनेछ । सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेमा वा राज्य कोषबाट सुविधा लिएको व्यक्तिले गरेमा थप ५० प्रतिशत सजाय हुनेछ । कसैले यो कार्यमा बालबालिका प्रयोग गरेमा थप एक वर्ष कैद सजाय हुनेछ ।

Media-1-1738053546.jpg

Media-2-1738053546.jpg

Media-3-1738053546.jpg

Media-4-1738053546.jpg

Media-5-1738053547.jpg

Media-6-1738053547.jpg

Mithya-1738053547.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro