राजनीति
काठमाडौं । प्रतिपक्ष दलका नेताहरूको बैठक जारी छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा बिहीबार बिहान करिब ९ बजेदेखि बैठक बसेको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याललगायत पार्टीका नेता सहभागी छन् ।
शुक्रबार (माघ १८)देखि सुरु हुने संसद्को हिउँदे अधिवेशनअघि समान धारणा बनाउन विपक्षी जुटेका बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१ १०:२५
प्रतिक्रिया दिनुहोस्