काठमाडौं । विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले गलत विधि र प्रक्रियामार्फत अध्यादेश ल्याएकाले अस्वीकार गर्ने निष्कर्ष निकालेको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार, बैठकले संसद् अधिवेशनको मुखमा गलत मनशायलले अध्यादेश ल्याएको ठहर गरेको छ ।
"अध्यादेशका बारेमा सरकारले जसरी सदनमा ल्याएर सबै कानूनहरू व्यवस्थित तरिकारले अघि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ," उनले भने ।
उनले आवश्यक परे सरकारविरुद्ध सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी दिए ।
"विधि, प्रक्रियाको हिसाबले छिटो गर्ने भन्ने छ त्यसमा बेठिक भयो । त्यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ । सुशासनकाबारे, जनजीविकाकाबारे जनताका आवाजहरू जे गर्नुपर्ने थियो, सबै कुरामा पनि गम्भीर ढंगले छलफल भएको छ," पाण्डेले भने ।