site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सञ्जाल विधेयक– भ्रामक सूचना दिए पाँच लाख जरिबाना !

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा पुर्‍याएको छ । सोमबार प्रतिनिधिसभामा पुर्‍याइएको विधेयक दर्ता प्रक्रियामा रहेको संसद् सचिवालय स्रोतले जानकारी गराएको छ ।

सरकारले तयार पारेको विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्म कम्पनीहरुले दर्ताबिना सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी वा संस्थाले अनुमति लिनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

विधेयकमा कडा प्रावधान समेटिएको छ । सामाजिक सञ्जालमार्फत् कसैको मान प्रतिष्ठामा आँच पुग्ने, होच्याउने, ट्रोल बनाउन नपाइने व्यवस्था गरिएको छ । भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमोड गरी प्रसार गरेमा वा सेयर गरेमा पाँच लाखसम्म जरिबानाको व्यवस्था गरिएको छ ।

राष्ट्रियता, सार्वभौमसत्ता, धर्म संस्कृति तथा जनजाति वर्गलालाई केन्द्रित गरी द्वेष फैलाउने काम गरेमा पनि पाँचलाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको छ । गलत मनसाय राखेर सामाजिक सञ्जालमा पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, गरेमा पनि पाँचलाख रुपैयाँसम्म जरिबानाको व्यवस्था विधेयकमा गरिएको छ ।

आफ्नो पहिचान लुकाएर सामाजिक सञ्जालमा छद्मभेषी नाम राख्न नपाइने र त्यस्तो कार्य गरेमा कारबाहीको व्यवस्था गरिएको छ । 

प्रवक्ता एकराम गिरीका अनुसार दर्ता प्रक्रियामा रहेको छ । “हिजो पत्र आएको छ, कार्यालय समय सकिएपछि आएको हुनाले दर्ता हुन पाएन, आज दर्ता हुन्छ,” उनले भने ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro