site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘मिसिङ : केटी हराएको सूचना’ दर्शकमा भयो मिसिङ, शो क्यान्सिल हुने अवस्था

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ले दर्शकको उत्साहप्रद साथ पाउन सकेको छैन । प्रदर्शनको चौथो दिनमा आइपुग्दा पनि चलचित्रले दर्शकको साथ पाउन नसकेको हो ।

राम्रो हाइप बनाउन नसके पनि 'वर्ड अफ माउथ' राम्रो हुने र त्यसको बलमा चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण पक्षको थियो । तर, 'वर्ड अफ माउथ'को बलमा पनि चार दिनसम्म आइपुग्दा चलचित्र हेर्न हलमा दर्शकको उत्साह देखिएको छैन ।

दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको चलचित्रमा नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । यस चलचित्रलाई क्यूएफएक्सलगायत मल्टिप्लेक्सलाई उच्च संख्यामा शो उपलब्ध गराए पनि त्यसको अनुपातमा दर्शक हल पुगेनन् । 

Dabur Nepal
NIC Asia

लबिम मलको सिनेमा हलमा आज साँझ ६:४५ बजेको शोमा बिहान ११:२० बजेसम्म चारवटा टिकट बिक्री भएका छन् । ३:१५ को शोमा १९ वटा टिकट बिक्री हुँदा १२:३० शोमा एउटा टिकट पनि बिक्री भएको छैन । 

सिभिल मलको १२ बजेको शोमा पाँचवटा टिकट बिक्री भएको छ । ३:१५ को शोको १३ वटा र ६:४५ बजेको शोको टिकट एउटा पनि बिक्री भएको छैन । 

भाटभटेनीको साढे ११ बजेको शोमा २ र सोही हलमा २:४५ बजेको शोमा एउटा पनि टिकट बिक्री भएको छैन । 

अधिकांश शो खाली छन् । टिकट बिक्री नहुँदा कतिपय शो रद्द हुने अवस्था देखिएको छ ।  

चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेललगायत कलाकारको अभिनय छ ।

निर्देशक दीपेन्द्र ‘उजेली’ डकु–ड्रामाबाट परिचित छन् । दीपेन्द्रलाई अहिले पनि धेरैले ‘उजेली’ निर्देशक भनेर चिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro