site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज मौसम आंशिक बदलीदेखि सफा, भोलि पाँचवटा प्रदेशमा हिमपात  
फाइल तस्बिर ।

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा देशभरको मौसम मुख्यतया सफा रहने भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो रहेको छ ।

तराई क्षेत्र तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ । 

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् राजु प्रधानाङले जानकारी दिए । 

हिजो बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस रहेको थियो । हिजोको भन्दा आज तापक्रम केही बढेको हो । 

उनका अनुसार बिहान ५ : ४५ बजे काठमाडौंको भिजिविलिटी ५ किलो मिटर रहेको छ । “तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ,” उनले भने, “तर, यो दिउँसोसम्म हट्नेछ ।” 

भोलिबाट कमजोर न्यूनचापीय प्रणाली भित्रिनेछ । जसको प्रभाव अधिकांश प्रदेशमा पर्नेछ । जसका कारण मौसममा बदली हुनेछ । जसका कारण सातवटै प्रदेशमा आंशिक बदली हुनेछ । 

“भोलिबाट कमजोर न्यूनचापीय प्रणाली आउँदै छ । जसका कारण सबै प्रदेशमा आंशिक बदली हुनेछ,” मौसमविद् प्रधानाङले भने, “मधेस र लुम्बिनी प्रदेशबाहेक अन्य प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ ।” 

हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना भने नरहेको विभागले जनाएको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro