site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ एआई कम्पनी डिपसिकले सिलिकन भ्यालीमा तरंग

काठमाडौं । सानो चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप डिपसिकले अहिले अमेरिकी एआई क्षेत्रमा चर्चा पाएको छ । गत डिसेम्बर २६ मा डिपसिकले आफ्नो नयाँ संस्करण डिपसिक–भर्जन ३ सार्वजनिक गरेको थियो ।

रोचक के भने यो विश्वभर चर्चामा रहेका ओपनएआई, गुगलजस्ता अमेरिकी कम्पनीका कटिङ–एज च्याटबटको क्षमताको एआई थियो । डिपसिक यति शक्तिशाली हुनु आफैँमा कोसेढुंगा मानियो ।

अझ यसको विकासकर्ता टोलीका इन्जिनियरहरूले यसमा प्रमुख एआई कम्पनीले प्रयोग गरिरहेको तुलनामा निकै थोरै संख्यामा मात्रै विशेष चिप प्रयोग गरिएको बताएका छन् । यी चिपहरू अमेरिका र चीनबीच प्रविधिको प्रतिस्पर्धाको केन्द्रमा छन् ।

अमेरिकाले एआईको विकासमा आफ्नो नेतृत्व कायम राख्न यस्ता चिप चीनलाई बेच्न सीमितता तोक्नेदेखि रोकसम्म लगाएको छ । सिलिकन भ्यालीमा आधारित एनभिडिया कम्पनीले यस्ता चिप बनाइरहेको छ ।

तर, अमेरिकाको यसै प्रतिबन्धले चिनियाँ अनुसन्धानकर्ताहरूलाई क्रियटिभ बनाइदिएको छ । फलस्वरूप थोरै चिपमा प्रभावकारी एआई मोडल बनाउन प्रोत्साहित गर्‍यो ।

डिपसिकको च्याबटले प्रश्नहरूको जवाफ दिने, लजिकल समस्या समाधान गर्ने, कम्प्युटर प्रोग्रामलेख्नेदेखि बजारमा रहेको अन्य एआईले गर्ने सबै काम गर्न सक्छ । अमेरिकी एआई कम्पनीहरूले प्रयोग गरिरहेको बेन्चमार्क टेस्टले नै यो पुष्टि गरेको छ ।

अर्काे महत्त्वर्ण कुरा भनेको यो एआई मोडल डिपसिक निकै नै कम खर्चमा बनाउन सफल भएको छ । यसले अमेरिकाका ठूला कम्पनीले गरिरहेको ठूलो लगानी र खर्चलाई नै चुनौती दिएको छ ।

चिनियाँ इन्जिनियरहरूले यो सिस्टम बनाउन ६० लाख अमेरिकी डलरमात्रै खर्च भएको बताएका छन् । यो मेटाको पछिल्लो एआई सिस्टमको तुलनामा १० गुणा सस्तो हो ।

अमेरिकी कम्पनीहरूले यस्ता मोडल बनाउन १० करोडदेखि एक अर्ब अमेरिकी डलरसम्म खर्च गरेका छन् ।

सन् २०२२ मा च्याटबट च्याटजीपीटी सार्वजनिक गरेयता ओपनएआईले बजारमा चर्चा पाएको थियो । ओपनएआईलाई एआईको रेसमा कसैले नजित्ने आकलन त्यतिबेलादेखि नै भइरहेको छ । तर, डिपसिकले करोडौँ डलर खर्च नगरेर यस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्न सकिने पुष्टि गरेको छ ।

विश्वका प्रमुख एआई कम्पनीले आफ्ना च्याटबटलाई १६ हजार वटा चिप प्रयोग गरी सुपरकम्प्युटरका माध्यमबाट ट्रेन गरिरहेका छन् । तर, डिपसिकका इन्जिनियरहरूले एनभिडियाका २००० वटामात्रै विशेष चिप प्रयोग गरेको बताएका छन् ।

अमेरिकी सरकारले चीनले सैन्य प्रयोजनका लागि समेत प्रयोग गर्न सक्ने भन्दै विशेष चिपहरू चीनमा जानबाट रोक्दै आएको छ ।

डिपसिकलाई एआईमा केन्द्रित स्टक ट्रेडिङ फर्म हाई फ्लेयरले स्थापना गरेको हो । सन् २०२१ सम्म यसले कमाएको नाफाले आफ्ना पूरानो एआई मोडललाई ट्रेन गर्न एनभिडियाबाट चिप किनेको थियो ।

यस कम्पनीले चीनका प्रमुख विश्व विद्यालयबाट उच्च तलबसुविधा उपलब्ध गराउँदै सबैभन्दा प्रतिभावान विद्यार्थीलाई हायर गर्ने गरेको छ । कम्पनीले एआईको बुझलाई सहज बनाउन कम्प्युटर साइन्सबाहेकका विद्यार्थीलाई पनि भर्ना गर्ने गरेको छ ।

एप एक नम्बरमा, अमेरिकी कम्पनीको सेयरमा गिरावट

डिपसिकको एप अहिले एप्पलको एप स्टोरमा चीन, अमेरिका, बेलायतलगायत देशमा ओपनएआई र बार्डलगायतलाई उछिन्दै सबैभन्दा धेरै रेटिङ पाउने पहिलो नम्बरमा पुगेको छ ।

ओपनसोर्स एवं फ्री डिपसिकले बजार तताउन थालेसँगै एनभिडिया, माइक्रोसफ्ट र मेटालगायत एआईमा काम गरिरहेका अमेरिकी कम्पनीको सेयर सोमबार बिहान घटेको छ । डच चिप निर्माता एएसएमएलको सेयरमा १० प्रतिशतको गिरावट आएको छ । एआईसम्बन्धी हार्डवेयर बनाउने साइमेन्स इनर्जीको सेयर मूल्यमा १२ प्रतिशतको गिरावट आएको छ ।

सस्तो एआई मोडल अर्बाैं लगानीका एआई कम्पनीलाई टक्कर दिने गरी आएपछि अमेरिकी कम्पनीहरूका लागि चुनौती बनेको छ ।

को हुन् डिपसिकका संस्थापक ?

डिपसिकको स्थापना सन् २०२३ मा लियाङ वेनफेङले गरेका हुन् । ४० वर्षीय इन्फरमेसन एवं इलेक्ट्रोनिक इन्जिनियर ग्र्याजुएटले नै डिपसिकको मुख्य कम्पनी हाई फ्लेयरको स्थापना गरेका थिए ।

उनले हाल चीनमा बिक्री गर्न प्रतिबन्धित ५० हजारवटा एनभिडिया ए१०० चिपको भण्डारण गरेको र ती र अन्य चिपको प्रयोगबाट डिपसिक लन्च गरेको आकलन गरिएको छ ।

न्युयोर्क टाइम्सबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro