काठमाडौं । चलचित्र एक्टर : टेक वान’विरुद्ध अदालतमा मुद्दा दायर भए पनि अग्रिम टिकट बुकिङ भने खुला भएको छ । चलचित्र ‘एक्टर’ निर्माणपक्षले ‘एक्टर : टेक वान’ विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा शुक्रबार प्रतिलिपि अधिकार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ । तर, केही मल्टिप्लेक्सले भने अग्रिम बुकिङ खुला गरेका छन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आइतबार साँझबाट ‘एक्टर : टेक वान’ अग्रिम बुकिङ खुला गरेको हो ।
चलचित्रको नाम र कथावस्तु दुवै मिलेको भन्दै चलचित्र एक्टर : टेक वानविरुद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिएका छन् । उनले दुवै पक्षलाई छलफलका लागि १५ गते बोलाइएको छ । एक्टर माघ १६ गते रिलिज हुनेछ ।
यदि, १५ गते दुवै पक्ष अदालतमा उपस्थित हुँदा सहमति भएन भने हलहरूले अग्रिम बुकिङमा बिक्री भएको टिकटको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्नेछ । यसअघि, ‘पुष्पा–२ : द रुल’को थ्रिडी टिकट बेचेका हलहरूले थ्रिडी फाइल इन्डियाबाट नआएपछि प्रतिटिकट ५० रुपैयाँका दरले दर्शकलाई फिर्ता गर्नुपरेको थियो ।
निर्माणपक्षले ‘एक्टर : टेक वान’को आज प्रिमिर शो आयोजना गरेको छ । भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्समा साँझ प्रिमियर हुँदै छ ।
‘एक्टर : टेक वान’ राजन भुसालले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय छ ।