विदेश

काठमाडौं । दिल्लीको बुरारी क्षेत्रमा चार तले भवन भत्किएको छ । सोमबार साँझ उक्त भवन भत्किँदा धेरै कामदार फसेका बीबीसीले जनाएको छ ।
“साँझ ६.५२ बजे हामीलाई बुरारीको कौशिक एन्क्लेभमा एउटा भवन भत्किएको फोन आयो । घटनास्थलमा प्रहरी र दमकलको टोली पठाइएको थियो,” दिल्ली पुलिसका डीसीपी उत्तर राजा बन्थियाले भने, “दुई सय गजमा बनेको चार तले भवन भत्किएको थियो । धेरै कामदार भग्नावशेषमुनि फसेका छन् ।”
एनडीआरएफका केही टोली पनि उद्धारमा खटिएका छन् । “हामीले अहिलेसम्म दशजनालाई बचाएका छौँ, उनले भनेका छन्, “भग्नावशेषमा अझै १०–१२ जना फसेको आशंका गरेका छौँ । त्यसैको आधारमा उद्धार कार्य जारी छ ।” बीबीसी
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ ०७:२४
प्रतिक्रिया दिनुहोस्