site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी स्थानमा अझै दुई दिन शीतलहरको सम्भावना

काठमाडौं । देशका केही स्थानमा दुई दिनयता शीतलहरको अवस्था छ । मधेस प्रदेशको पूर्वी क्षेत्र (सप्तरी) र कोसी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी)मा मन्द शीतलहरको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार महाशाखाले विशेष बुलेटिन जारी गर्दै अबका दुई दिनसम्म केही स्थानमा शीतलहरको पूर्वानुमान गरेको छ । “मधेस प्रदेशको पूर्वी भूभाग तथा कोसी प्रदेशको तराई भूभागमा मिति २०८१/१०/१३ सम्म शीतलहरको अवस्था नै रहने सम्भावना देखिएको छ,” विशेष बुलेटिनमा उल्लेख छ ।

यो अवधिमा मधेसको पश्चिमी भूभाग र बाँकी प्रदेशका तराईका क्षेत्रमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।

“शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरूको दैनिक जीवनमा असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro