site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘टाइगर कप’ भलिबल च्याम्पियनसिप : एक्सन स्पोर्टस् एच डी १ ले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । पोखराको टाइगर ग्रुपले आयोजना गर्ने पाँचौँ ‘टाइगर कप’ पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एच डी १ टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमका ग्राहकहरूले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरूले पनि एक्सन स्पोर्टस् एच.डी.१ मा प्रत्यक्ष हेर्न सक्नेछन् ।

माघ २५ देखि फागुन १ गतेसम्म हुने प्रतियोगितामा पुरुष र महिला दुवै विधामा एक–एक अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन् । पुरुषतर्फ भारत र महिलामा थाइल्यान्डका भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौँ संस्करणमा भाग लिएका छन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ एपीएफ क्लब, न्यू डायमण्ड स्पोट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब रहेका छन् ।

सन् २०२० मा टाइगर ग्रुप स्थापना भएदेखि पोखरा रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिताका यस संस्करणमा विजेताले पाँच लाख ८५ हजार ५५५ रुपैयाँ, उपविजेताले दुई लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले एक लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको एमभीपीलाई २५ हजार ७७७ रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षकलगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले जनही १० हजार ५५५ रुपैयाँ पुरस्कार राशी प्रदान गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro