देश
काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन शल्यक्रिया (नी रिप्लेसमेन्ट सर्जरी) गरिएको छ । अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर–९ की खिलकुमारी देवकोटाको शल्यक्रिया गरेको हो ।
दुवै घुँडा दुखेर अस्पताल आएकी उनको सात दिनको अन्तरमा दुवै घुँडाको शल्यक्रिया गरिएको हो ।
हाल बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र राम्रोसँग हिँड्न सक्ने अवस्थामा पुगेको डा. नेपालले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ ११:३८
प्रतिक्रिया दिनुहोस्