site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा वायु प्रदूषण ‘खतरा’को तहमा 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको वायुको गुणस्तर बुधबार अपराह्न खतराको तहमा पुगेको छ । वातावरण विभागका अनुसार मंगलबार दिउँसो १२ : ३० बजे शंखपार्कको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) ३९९ पुगेको छ । 

विभागले वायुको यो अवस्थालाई ‘खतरा’ भनेको छ । शंखपार्कमा सो समय पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर २७६.७ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

Dabur Nepal
NIC Asia

सोही समयमा काठमाडौंको रत्नपार्क र ललितपुरको खुमलटारमा पनि वायु प्रदूषणको तह अस्वस्थकर छ । ती स्थानको एक्यूआई क्रमशः १६३ र १५७ छ ।  यीबाहेक अन्य स्थानको एक्यूआई १५० भन्दा कम छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार यी स्थान ‘अस्वस्थकर’को सूचीमा परेका छन् । वायुको गुणस्तरमा मापदण्डअनुसार एक्यूआई १५० भन्दामाथि रहेको वायु अस्वस्थकर मानिन्छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो त्यति नै घातक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

Capture-1737530278.JPG
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro