site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ मौसमी प्रणाली आज साँझबाट भित्रिँदै, कहाँ–कहाँ पर्छ पानी ?
फाइल तस्बिर ।

काठमाडौं । पश्चिम नेपालमा आज साँझबाट नयाँ मौसमी प्रणाली भित्रिँदै छ । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा त्यसको प्रभाव पश्चिम नेपालमा देखिने भएको छ । 

“आज साँझबाट पश्चिम नेपालमा नयाँ मौसमी प्रणाली भित्रिँदै छ,” मौसमविद् गोविन्द झाले बाह्रखरीसँग भने । यसको प्रभाव देशभर भने पर्ने छैन । 

मौसमविद् झाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ मौसमी प्रणाली सक्रिय हुँदा वर्षा र हिमपात हुनेछ । कर्णाली र सुदूरपश्चिममा बिहीबार वर्षा र हिमपात हुने उनको भनाइ छ । 

“कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहीबार सामान्यदेखि हल्का वर्षा हुनेछ, ठूलो वर्षाको भने सम्भावना छैन,” मौसमविद् झाले भने, “यसको प्रभाव लुम्बिनी र गण्डकी प्रदेशमा पनि पर्नेछ । यी दुई प्रदेशमा पानी नपरे पनि बदली भने हुनेछ ।” 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव काठमाडौं र यसबाट पूर्व भने नपर्ने उनले जानकारी दिए । 

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा गण्डकीदेखि सुदूरपश्चिमसम्मको तापक्रम भने घट्नसक्ने मौसमविद् झा बताउँछन् । विशेषगरी सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनी र गण्डकी प्रदेशमा थप चिसो बढ्ने सम्भावना रहेको उनले जानकारी दिए । प्रणाली कमजोर हुँदा यसको असर देशभर पर्ने छैन । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ११:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro