site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यस्तो देखिन्छ इजरायलले ध्वस्त पारेको गाजा

काठमाडौं । १५ महिनापछि इजरायल र हमासबीच युद्धविराम भएको छ । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा हमला गरेपछि सुरु भएको युद्ध अहिले रोकिएको छ । १९ जनवरीबाट सुरु भएको यो युद्धविराम तीन चरणमा लागु हुनेछ । युद्धविरामका क्रममा हमासको नियन्त्रणमा रहेका बन्धक रिहा हुनेछन् ।

युद्धविराम लागु भए पनि गाजाको अवस्था भने दर्दनाक छ । ७ अक्टोबर २०२३ यता ४६ हजार ७०७ जनाको इजरयाली आक्रमणमा परेर मृत्यु भएको छ । 

एक लाख १० हजारभन्दा बढी घाइते भएका छन् । इजरायल–हमास युद्धका १५ महिनामा औसतमा हरेक दिन १०० जना प्यालेस्टिनी मारिए । ११ हजार प्यालेस्टिनी बेपत्ता छन् । यो युद्धको अवधिमा कम्तीमा पनि २१७ जना पत्रकार मारिएका छन् ।

Dabur Nepal
NIC Asia

युद्ध सुरु हुनुअघि गाजाको जनसंख्या २३ लाख थियो । तर, युद्धविराम हुँदासम्म गाजाको जनसंख्या ६ प्रतिशतले घटेको छ । हजारौँ मान्छे मारिए, हजारौँ बेपत्ता छन् भने कैयौँले गाजा सहर छाडेका छन् ।

२० लाख मान्छे विस्थापित भएका छन् । हरेक १० जनामा नौजना विस्थापित भएका छन् । विद्यालय, अस्पताल, आवासीय भवन, व्यावसायिक भवन गरी गाजाका ६० प्रतिशत संरचना ध्वस्त भएका छन् ।

९२ प्रतिशत आवासीय भवन, ८८ प्रतिशत विद्यालय, ६८ प्रतिशत खेतीयोग्य जमिन, ६८ प्रतिशत सडक सञ्जाल र ५० प्रतिशत अस्पताल ध्वस्त भएका छन् ।

इजरायली गोलाबारीले ध्वस्त भएका संरचनाको भग्नावशेष हटाउन कम्तीमा पनि एक दशक लाग्ने अनुमान गरिएको अलजजिराले जनाएकाे छ ।

हमासले इजरायलमा आक्रमण गरेको केही घण्टामै इजरायलले गाजामा हवाई आक्रमण सुरु गरेको थियो । इजरायली आक्रमण कति शक्तिशाली थियो भने युद्ध सुरु भएको पहिलो महिनामै गाजाका १५ प्रतिशत संरचना ध्वस्त भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro