site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ माओवादीको मृत्यु
तस्बिर : बीबीसी

रायपुर । भारतीय सुरक्षा बलसँगको भिडन्तमा मंगलबार एक शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीको मृत्यु भएको छ । भारतीय गृह मन्त्रालयले यसलाई हालैका लडाइँमध्ये सबैभन्दा ठूलो भनेको छ । 

मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ ।

नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ । भारतको छत्तीसगढ राज्यको जंगलमा रहेका छापामारको गढमा जनवरी १६ मा १२ जना माओवादी मारिएपछि मंगलबारको झडप भएको हो ।

Dabur Nepal
NIC Asia

भारतको स्रोतसम्पन्न मध्यक्षेत्रमा सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीले गरेको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए ।

नक्सलाइट भनेर पनि चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओत्से तुङबाट प्रेरित थिए । नक्सलाइट सन् १९६७ मा उनीहरूको सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट राखिएको हो ।

“नक्सलवादलाई अर्को ठूलो झट्का”, गृहमन्त्री अमित शाहले १४ विद्रोहीलाई ‘समाप्त’ बनाएको पुष्टि गर्दै विज्ञप्तिमा भनेका छन् । 

विद्रोहीलाई परास्त गर्न सन् २०२६ मार्चको समयसीमा तय गरेका शाहले ‘नक्सलवादले अन्तिम सास फेरिरहेको’ बताए । 

यस क्षेत्रमा अतिरिक्त बल पठाइएको प्रहरीले जनाएको छ । “सुरक्षा बल अझै जंगलभित्र छ”, छत्तीसगढको माओवादीविरोधी अभियानका प्रमुख विवेकानन्द सिन्हाले भने । 

माओवादीहरूले स्थानीय बासिन्दाका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।

उनीहरूले भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायमा प्रवेश गरेर सन् २००० को सुरुआतसम्म आन्दोलन शक्ति र संख्यामा बढ्दै गयो । त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्‍याे ।

यस द्वन्द्वमा सरकारी बलमाथि पनि धेरै घातक आक्रमण भएका छन् । यस महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौजना भारतीय सैनिकको मृत्यु भएको छ ।रासस/एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro