site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिमराको भिजिविलिटी निल, तराईका अन्य भूभागको अवस्था के छ ? 
फाइल तस्बिर ।

काठमाडौं । तराईका अधिकांश स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पूर्वदेखि पश्चिम तराईसम्म बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । 

सबैभन्दा धेरै कुहिरो सिमरामा लागेको छ । जहाँ भिजिविलिटी निल छ । ५० मिटरभन्दा पनि कम भिजिविलिटी रहेको अवस्थामा निल भन्ने गरिन्छ ।

“सिमरामा बिहान पौने ६ बजे भिजिविलिट ५० मिटरभन्दा कम छ । यसलाई हामी हाम्रो भाषामा निल भन्छौँ,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “यस्तो अवस्थामा छेउको मान्छे वा सामग्री पनि देखिँदैन ।” 

भैरहवा, विराटनगर र नेपालगञ्जको भिजिविलिटी सय मिटर रहेको छ । 

न्यून भिजिविलिटीका कारण बिहानको समयमा तराई भूभागका विमानस्थलमा विमान उडान तथा अवतरणमा समस्या हुनेसक्ने मौसमविद् जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हवाई तथा सडक यातायत सेवा सञ्चालन गर्दा सतर्कता अवनाउन विभागले आग्रह गरेको छ । 

दुई हजार मिटरभन्दा तलको भिजिविलिटीमा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ । 

“दिउँसो कुहिरो र हुस्सु विस्तारै हट्नेछ,” मौसमविद् झाले भने, “बिहान बाक्लो हुस्सु र कुहिरो लागे पनि घाम लागेपछि कम हुँदै जानेछ । मध्याह्नसम्म हट्नेछ ।” 

जाडो कम नभएसम्म तराईमा हुस्सु र कुहिरोको सम्भावना यथावत रहनेछ । 

न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम चल्नु हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण भएको मौसमविद्को भनाइ छ ।

एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्युलाई भनिन्छ ।  

हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुन्छ । 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro