site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बढ्दै काठमाडौंको तापक्रम, अब घट्ने सम्भावना न्यून 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज बदली र हिमपात हुने सम्भावना छ । देशभर मौसम मुख्यतया सफा रहँदा केही स्थानमा बदली हुने भएको छ ।  

बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । 

तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा आज दिउँसो र राति हल्का हिमपातको सम्भावना छ । 

काठमाडौंमा आज मौसम सफा रहनेछ । बिहान पौने ६ बजेको तापक्रम ६.६ डिग्री सेल्सियस छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियस तापक्रम पुग्ने मौसमविद् गोविन्द झाले बाह्रखरीलाई जानकारी दिए । 

मंगलबार बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो । 

काठमाडौंमा अब तापक्रम करिब यही अनुपातमा रहने मौसमविद् झा बताउँछन् । “अब काठमाडौंको तापक्रम धेरै तलमाथि हुँदैन । करिब यही रेन्जमा रहनेछ,” उनले भने, “नयाँ प्रणाली काठमाडौंमा देखिने सम्भावना नरहेकाले तापक्रम अब यही रेन्जमा रहनेछ ।”  

पश्चिम नेपालमा भने तापक्रम घटबढको सम्भावना रहेको छ । नयाँ प्रणालीको असर पश्चिममा पर्ने भएकाले न्यूनतम तापक्रम केही घट्ने सम्भावना रहेको मौसमविद् झाको भनाइ छ । तर, पश्चिममा पनि तापक्रम धेरै घट्ने छैन ।  

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro