site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटमा मृत्यु हुनेको संख्या ९८ पुग्यो
Tiktok banner adTiktok banner ad

अबुजा । मध्य नाइजेरियामा एक पेट्रोल ट्यांकरमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ९८ पुगेको छ । गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा–आराले शनिबार उत्तर–मध्य नाइजर राज्यको व्यस्त सडकमा पेट्रोल ट्यांकर पल्टिएको बताए ।

मानिसहरू इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो ।

घटनास्थलमा रहेको पावर जेनेरेटरको स्विच अन हुँदा विस्फोट भएको बताइएको छ ।

उद्धार कार्यका क्रममा थप पीडित भेटिएपछि घाइतेको संख्या ५५ जना रहेको बाबा आराले बताए ।

“नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले अन्य घाइते पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न सक्दो प्रयास गरिरहेको छ,” उनले भने ।

राष्ट्रपति बोला टिनुबुले घाइतेहरूलाई व्यापक स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro