site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टर्कीको रिसोर्टमा आगलागी : ६६ जनाको मृत्यु

काठमाडौं । टर्कीको स्की रिसोर्टमा आगलागी हुँदा ६६ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान ३ः२७ बजे बोलुमा रहेको १२ तले ग्रान्ड कार्टेल होटेलमा आगलागी भएको एक अधिकारीले बताए । त्यो समयमा २३४ जना त्यहाँ बसेका थिए ।

बोलु राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ ।

टर्कीका स्थानीय सञ्चारमाध्यममा झ्यालबाट हाम फालेर दुईजनाको मृत्यु भएको समाचार छ ।

बोलुका गभर्नर अब्दुलअजिज अयदिनले प्रारम्भिक अनुसन्धानले आगो चौथो तल्लाको भान्छाबाट सुरु भएको र त्यसपछि माथिल्लो तलामा फैलिएको देखाएको बताए ।

बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय छ र यस सिजनमा इस्तानबुल र राजधानी अंकाराबाट धेरै मानिसहरू जानेगर्छन् ।

स्थानीय रिपोर्टका अनुसार अत्यधिक कम तापक्रमका कारण दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro