site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलका सेना प्रमुखले गरे राजीनामाको घोषणा

काठमाडौं । इजरायली रक्षा बलका प्रमुख हर्जी हेलेवीले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । द जेरुसेलम पोस्टका अनुसार हार्जी हेलेवीले मार्चमा राजीनामा दिनेछन् ।

हर्जी हेलेवीले एक विज्ञप्तिमा 'अक्टोबर ७ को आईडीएफको असफलताको जिम्मेवारी' लिँदै उनले आफ्नो निर्णयबारे रक्षा मन्त्रालयलाई जानकारी गराएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, "आईडीएफले महत्त्वपूर्ण सफलता हासिल गरेको र बन्धकहरूलाई रिहा गर्ने सम्झौता कार्यान्वयन गर्ने प्रक्रिया चलिरहेको अवस्थामा मार्च ६, २०२५ सम्म आफ्नो जिम्मेवारीबाट मुक्त हुन अनुरोध गरेको छु ।"

यसैबीच, आईडीएफले वेस्ट बैंकको कब्जामा रहेको प्यालेस्टिनी क्षेत्रको जेनिन शरणार्थी शिविरमा ठूलो सैन्य कारबाही गरेको छ, जसमा आठ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, "सेना, पुलिस र शिन बेट सुरक्षा बलले जेनिनमा आतंकवादलाई परास्त गर्न व्यापक र महत्त्वपूर्ण अपरेसन सुरु गरेको छ ।" यस क्षेत्रलाई प्यालेस्टिनी सशस्त्र समूहहरूको गढ मानिन्छ ।

गाजामा हमास र इजरायलबीच गत बिहीबार युद्धविराम सुरु भएको थियो र इजरायलले तीन इजरायली बन्धकहरूको सट्टामा ९० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

बन्दी आदानप्रदान आगामी जनवरी २५ मा हुने सम्भावना छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्