site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल सामाजिक–आर्थिक रूपान्तरणमा पूर्ण रूपमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले बहुसंकटको सामना गर्नुपरेको बताएका छन् ।

मंगलबार सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपालले विश्वव्यापी रूपमा बहुप्रकोपीय संकटको सामना गर्नु परिरहेको उल्लेख गरे । उनले प्रकृतिमाथिको दोहनले जलवायु परिवर्तनका दर बढाइरहेको र नेपालले त्यसको प्रत्यक्ष प्रभाव व्यहोर्नु परेको उल्लेख गरे । समकालीन मुद्दाहरूलाई सम्बोधन गर्दै बहु–संकटको सामना गर्न साझा संकल्प जरुरी रहेको बताए ।

२०१९ मा नै सगरमाथा संवादको परिकल्पना गरे पनि कोरोना लगायतका कारण सफल हुन नसकेको बताए । संवाद गर्नको लागि अन्तर्राष्ट्रिय मञ्चहरूको कमी नभए पनि सगरमाथा संवादले जलवायु परिवर्तनका कारण नेपाल लगायतका देशहरूले भोग्नुपरेको समस्याका बारेमा उजागर गर्न सकिने र विश्वको ध्यान केन्द्रित गर्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाले विश्वलाई धेरै कुराहरू सिकाउन सक्ने पनि बताए । नेपालमा राजनीतिक मुद्दाहरू धेरै हदसम्म समाधान भइसकेकाले सामाजिक–आर्थिक रूपान्तरणमा पूर्ण रूपमा केन्द्रित रहेको धारणा राखे । नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ आर्थिक समानता र सामाजिक कल्याणमा आधारित रहेको बताए ।

 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro