site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस सांसद गिरीले भने– हिन्दुराष्ट्र बनाउन आवश्यक

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार (चैत १९) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले संविधान निर्माणका क्रममा हिन्दुराष्ट्र स्थापनाका निम्ति जनताले दिएको रायलाई ‘बोरामा बन्द’ गरी राखिएको टिप्पणी गरे । “संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ,” उनले भने, “त्यो खोलियोस् त !”

नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दुराष्ट्रका पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उनले आरोप लगाए । “त्यति बेला ८० प्रतिशतमाथि जनताले हिन्दुराष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दुराष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन,” उनले भने, “संसारभरि एउटा हिन्दुराष्ट्र भएको हेर्ने धेरैको रहर थियो ।”

उनले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेकामा जोड दिए । “अहिले पनि ती अभिलेख र रायहरू हेरियोस् न,” उनले भने, “नेपालमा हिन्दुराष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro