site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीको एमपीएस कोर्समा कोटाभन्दा न्यून डीएसपी उत्तीर्ण (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पहिलोपटक सुरु गर्न लागेको मास्टर इन पुलिस साइन्स (एमपीएस) अध्ययनका निम्ति १७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)ले नाम निकालेका छन् ।

प्रहरी प्रधान कार्यालयले मंगलबार प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दै १७ जनाको नाम प्रकाशन गरेको छ । ४० जनासम्मलाई पढ्ने गरी लिइएको प्रवेश परीक्षामा १७ जनाले मात्रै नाम निकालेका हुन् ।

प्रवेश परीक्षामा १३० जना डीएसपी सहभागी थिए । अधिकांश डीएसपी परीक्षा सहभागी मात्रै भएर परीक्षा नदिई फर्किएका थिए । एमपीएस कोर्स तत्काल सुरु गर्न नहुने भन्दै सहभागी डीएसपीहरू सर्वोच्च समेत पुगेका थिए । सोही कारण पनि प्रवेश परीक्षामा कोटाभन्दा कम उत्तीर्ण भएका छन् ।

०७० सालमा भर्ना भएका इन्स्पेक्टरबाट स्टाफ कलेज लागु गर्न लागिएको हो । त्यो बेला भर्ना भएका अधिकांश डीएसपी भइसकेका छन् । स्टाफ कलेज नगर्नेहरू एसएसपीभन्दा माथिल्लो पदमा बढुवा नगर्ने नीति प्रहरी प्रधान कार्यालयले अघि सारेको छ । 

एमपीएस कोर्स कक्षा आगामी वैशाख ७ गतेदेखि सुरु हुनेछ ।

यी हुन् उत्तीर्ण भएका डीएसपी

487429904_2287040588363112_3828493290898423555_n-1743501073.jpg
 

482524529_649257171187764_8770429487828157369_n-1743501097.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro