site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधेयक निर्माणका हिसाबले हिउँदे अधिवेशन सफल : सांसद

काठमाडौं । सांसदहरूले संघीय संसद्को हिउँदे अधिवेशन विधेयक निर्माणका हिसाबले सफल भएको बताएका छन् । अधिवेशन अन्त्य भएपछि मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले हिउँदे अधिवेशन विभिन्न घटनाक्रम भए पनि विधेयक निर्माणका हिसाबले सफल भएको बताएका हुन् । 

नेकपा एमालेका सांसद योगेश भट्टराईले हिउँदे अधिवेशनमा १३ वटा विधेयक पारित भएको भन्दै विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको उल्लेख गरे । यसबीचमा विषयगत समितिले पनि गम्भीरतापूर्वक काम गरेको र सरकारले समेत महत्त्वपूर्ण विधेयक प्रस्तुत गरेको उनले बताए । 

त्यस्तै, कांग्रेस सांसद रामहरि खतिवडाले संसदको विधेयक अधिवेशनमा २१ वटा कानुन निर्माण गर्ने प्रतिबद्धता गरेको भन्दै त्यसमध्ये महत्त्वपूर्ण विधेयक अघि बढेको बताए । सदन धेरै दिन बन्द गर्ने परिपार्टी अन्त्य भएको र राजनीतिक स्थायित्वका लागि दलहरू गम्भीर देखिएको उनले बताए । सरकारको कामकारबाहीमा चित्त नबुझेको भन्दै उनले गति बढाउनुपर्ने देखिएको धारणा राखे । 

त्यस्तै, रास्वपा सांसद सोबिता गौतमले हिउँदे अधिवेशन निकै चुनौतीपूर्ण देखिए पनि विधेयक अघि बढ्न सफल भएको बताइन् । उनले सदनको कामकारवाही नियन्त्रणमुखी देखिएको टिप्पणी गरिन् । 

हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको २७ वटा बैठक बसेको थियो । अधिवेशनमा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएको थियो, जसमध्ये ५ वटा विधेयक संघीय संसद्को दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन रहेका छन् । 

त्यस्तै, तीनवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत मात्रै भएका छन् । त्यस्तै राष्ट्रिय सभाबाट प्राप्त सातवटा विधेयकमध्ये चार विधेयकलाई पारित गरी प्रतिनिधिसभाले राष्ट्रिय सभा फिर्ता पठाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro