site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिउँदे अधिवेशनमा २७ बैठक, ११८ घण्टा २१ मिनेट सञ्चालन

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पाँचौँ अधिवेशनका २५ दिनमा २७ बैठक बस्यो । गएको माघ १८ गते सुरु भएको हिउँदे अधिवेशन ६१ दिन चल्यो । हिउँदे अधिवेशनमा ११८ घण्टा २१ मिनेट बैठक सञ्चालन भएको संसद् सचिवालयले जनाएको छ ।

मंगलबार (चैत १९) मध्यरातबाट हिउँदे अधिवेशन अन्त्य हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको सूचना सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधिसभा बैठकमा पढेर सुनाए । 

यो अधिवेशनमा प्रतिनिधिसभामा १२ सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता गरिएको थियो । तीमध्ये पाँच विधेयक संघीय संसद्का दुवै सभाबाट पारित गरियो । चार विधेयक समितिमा विचाराधीन छन् । तीन विधेयक सभामा प्रस्तुत मात्र गरियो ।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएर चैत ३ गते राष्ट्रपतिले प्रमाणीकरण गरे ।

यस्तै, सरकारले ल्याएका ६ अध्यादेशमध्ये पाँचवटा प्रतिस्थापन विधेयक ल्याएर सोमबार (चैत १८) पारित गरियो ।

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सोमबार पारित गरियो । ती विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro