site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप महिला क्रिकेट : आर्मीको दोस्रो जित, कोशी पराजित

कैलाली । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई नाै विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोर नजिक पुगेको छ । 

टस हारेर पहिला ब्याटिङ गरेको कोशीले सात ओभरमा पाँच विकेटको क्षतिमा ३६ रन बनायो । उसका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला सुरु हुँदा खेल २० ओभरबाट सातमा झारिएको थियो ।

बबलिङतर्फ आर्मीका लागि प्लेयर अफ दी म्याच समेत भएकी ममता चौधरीले तीन तथा सुस्मिता भुसालले दुई लिइन् ।  

आर्मी क्लबले ३७ रनको विजयी लक्ष्य ६ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि सम्झना खड्काले अविजित ३२ रनको पारी खेलिन् ।

यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ दी सिरिजलाई ५० हजार तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । रासस

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro