site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
भक्तपुरमा सुशान्तको कन्सर्ट, टिकटको मूल्य ९९० देखि २५ सय 

काठमाडौं । गायक तथा गीतकार सुशान्त केसीले फागुन २४ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा कन्सर्ट गर्ने भएका छन् । सुशान्तका ‘बार्दली’, ‘सारङ्गी’, ‘साथी’ र ‘आमा’ जस्ता हिट गीत छन् ।

उक्त कन्सर्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केसीले लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए । उनले भने, “काठमाडौंमा प्रस्तुति दिनु सधैँ विशेष अनुभव हो । समर्थकहरूको माया मेरो प्रेरणा हो । सबैलाई संगीतको यो यात्रामा सहभागी गराउन उत्साहित छु ।” 

Dabur Nepal
NIC Asia

कन्सर्टका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिने आयोजकले प्रेस नोटमा उल्लेख गरेको छ । 

कन्सर्टका लागि टिकट मूल्य साधारण ९९०, फ्यानपिट एक हजार ४९९, भीआईपी दुई ४९९ रुपैयाँ तोकिएको छ । खल्ती एपले आइतबारदेखि नै टिकट बिक्री सुरु भइसकेको जनाएको छ ।

आयोजकले कन्सर्टमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा गरेको छ । कन्सर्ट एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro