site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खोखो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारत बन्यो च्याम्पियन

काठमाडौं । खोखो विश्वकप पहिलो संस्करणको पुरुषतर्फ पनि नेपाली टिम उपविजेतामा सीमित बनेको छ ।

आइतबार राति भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा नेपाललाई ५४–३६ ले पराजित गर्दै घरेलु टिमले उपाधि जितेको हो । यसअघि महिलातर्फ पनि फाइनलमा नेपाललाई ७८–४० ले पराजित गर्दै भारतले नै उपाधि जितेको थियो ।

नेपाली पुरुष टिम समूह ‘ए’को उपविजेता बन्दै क्वार्टरफाइनलमा आएको थियो । नेपालले क्वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ र सेमिफाइनलमा इरानलाई ७२–२० ले पराजित गरेको थियो ।

समूह चरणमा पनि नेपाललाई भारतले ४१–३७ ले पराजित गरेको थियो । तर, नेपालले समूहको दोस्रो खेलमा पेरुविरुद्ध ८०–३४, तेस्रो खेलमा ब्राजिलविरुद्ध १३४–८ र अन्तिम खेलमा भुटानविरुद्ध ९८–८  को सहज जित निकालेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro