site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टाइगर कप भलिबलमा दुई विदेशी टोली

काठमाडौं । टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौँ संस्करण माघको दोस्रो सातादेखि पोखरामा सुरु हुने भएको छ ।

टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुने भएको हो । महिला र पुरुष दुवैमा समान एक विदेशी टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुषमा भारतको र महिलामा थाइल्यान्डको टोलीले प्रतिस्पर्धा गर्दैछन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनमार्फत् टाइगर गुप्र अफ पोखराले प्रतियोगिताबारे जानकारी दिएको हो । महिला र पुरुषमा समान ६ टोली गरी १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । तीन विभागीय टोलीले नै सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब अमीन भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ भने सशस्त्र प्रहरी बलको एपीएफ, न्यु डायमन्ड स्पोर्ट्स क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब छन् । विजेताले पाँच लाख ८५ हजार ५५५, उपविजेता दुई लाख ८५ हजार ५५५ र तेस्रो हुनेले एक लाख ८५ हजार ५५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार ७७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार ५५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ । २०७७ सालदेखि टाइगर कप भलिबल पोखरा रंगशालामा हुँदै आएको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले श्रीलंकाको लिग च्याम्पियन ल्याउने तयारी गरे पनि अन्तिम समयमा आन्तरिक समस्या देखाउँदै सहभागी नभएकाले उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro