site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराईका पाँच स्थानको भिजिबिलिटी १०० मिटर, नेपालगन्ज र धनगढीको एक हजारमाथि

काठमाडौं । नेपालको तराई क्षेत्रका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज बिहान पौने ६ बजे संकलन गरिएको विवरणअनुसार, धनगढी र नेपालगन्जको भिजिबिलिटी (पारदर्शिता) एक हजार मिटरभन्दा धेरै छ ।

मौसम पूर्वमानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार, धनगढीको भिजिबिलिटी एकहजार ५०० मिटर छ । यस्तै, नेपालगन्जको भिजिबिलिटी एकहजार २०० मिटर छ ।

तर, घोराही, भैरहवा, सिमरा, विराटनगरसहितका स्थानको भिजिबिलिटी कमजोर छ । मौसमविद् पुडासैनीका अनुसार, घोराही, भैरहवा, सिमरा, जनकपुर र विराटनगरको भिजिबिलिटी समान १०० मिटर छ ।

“पारदर्शिता एक किलोमिटरभन्दा कम भयो भने कुहिरो भनिन्छ । एकदेखि पाँच किलोमिटरसम्मको पारदर्शिता भएमा हुस्सु भनिन्छ,” उनले भने ।

बाक्लो हुस्सु र कुहिरोका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro