site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य चौकी नपुग्दै अर्की गर्भवतीले गुमाइन् ज्यान

काठमाडौं । दार्चुलामा अर्की एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति साढे नौ बजे मृत्यु भएको ।

घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको समेत मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले जानकारी दिए ।

द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन् ।

स्वास्थ्यचौकी पुर्‍याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएको उनले बताए । स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीको भनाइ छ ।

अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र विद्युत् सेवा नपुगेको पालिका हो । गएको सोमबार बझाङको केदारस्युँ गाउँपालिका–१ की २२ वर्षीया गर्भवतीको प्रसूतिका निम्ति स्वास्थ्य चौकी जाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro