site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानी राष्ट्रिय प्रसारण माध्यममा प्रत्यक्ष प्रसारण भइरहेको बेला बम आक्रमण

काठमाडौं । इजरायलले इरानी राष्ट्रिय प्रसारण माध्यम (आईआईआरबी)मा प्रत्यक्ष प्रसारण भइरहेको समयमा बम हमला गरेर विस्फोट गराएको छ । 

यो हमला इजरायली सेनाले आईआईआरबी मुख्यालय समेत रहेको तेहरानको ‘जिल्ला तीन’मा आक्रमण गर्ने धम्की दिएको केही समयपछि भएको हो । इजरायली रक्षामन्त्री इस्रायल क्याट्सले इरानी प्रचार र प्रोपोगान्डा मुखपत्रको नामोनिसान मेटाउने बताएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रत्यक्ष प्रसारणमा धुवाँ र भग्नावशेष देखिएपछि टीभी एंकर सहार एमामीले मातृभूमि र सत्यविरुद्धको आक्रमण भन्दै यसलाई निन्दा गरेकी थिइन् । यसपछि उनी स्टुडियोबाट भाग्दै गरेको देखिएको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले यसलाई युद्ध अपराध भन्दै इजरायललाई पत्रकारहरूको नम्बर एक ‘हत्यारा’ भएको आरोप लगाए । 

यसैबीच, इरानी सरकारी टेलिभिजनले आफ्ना केही कर्मचारी घाइते भएको जानकारी दिएको छ । एक संवाददाताले हमला भएको अन्तिम क्षणसम्म काम गरिरहेका बताए ।

प्रसारण प्रमुख पेमान जेबेली रगत लागेको कागज देखाउँदै सरकारी  टीभी र यसका कर्मचारीहरू अन्त्यसम्म डटिरहने बताए । अलजजिरा

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्