site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानी राष्ट्रिय टेलिभिजन भवनमा आक्रमणपछि इरानको प्रत्याक्रमण

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इरानले फेरि इजरायलतर्फ मिसाइल प्रक्षेपण गरेको जनाएको छ । इजरायलले जनतालाई बमबाट बच्न आश्रयस्थलमा जान र अर्को निर्देशन नआउन्जेल त्यहाँ बस्न आग्रह गरेको सीएनएनले जनाएको छ ।

आईडीएफले उत्तरी इजरायलका विभिन्न क्षेत्रहरूमा चेतावनी साइरन बजेको पनि जानकारी दिएको छ । इजरायलको स्थानीय समयअनुसार इरानको आक्रमण हुँदै गर्दा लगभग बिहान ४ः३९ बजेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायली सेनाले तेहरानस्थित टिभीमा लाइभ भइरहेका बेला इरानी राष्ट्रिय टेलिभिजनको भवनमा आक्रमण गरेपछि इरानको आक्रमण आएको बताइएको छ । 

“इजरायलका रक्षा प्रणालीहरूले यस खतरालाई अवरुद्ध गर्न अहिले काम गरिरहेका छन्,” आईडीएफले विज्ञप्तिमा भनको छ ।

केही समयअघि इरानले मिसाइल आक्रमण गर्न लागेको थाहा पाएपछि इजरायलमा फेरि साइरन बजेको थियो । 
इजरायली वायुसेना खतरालाई नष्ट गर्न आवश्यक भएमा अवरोध गर्न र प्रहार गर्न तयार भएको आईडीएफले एक्समा पोष्ट गर्दै बताएको छ । जनतालाई आश्रय लिन निर्देशन पालना गर्न आग्रह गरेको छ । सीएनएन

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्