site stats
बाह्रखरी :: Baahrakhari
देश
यी क्षेत्रमा भइरहेको छ भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा भारी वर्षा भएको छ । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा भारी वर्षा भएको छ । 

पछिल्लो तीन घण्टामा नवलपरासीको दुम्कौली परासी वर्षामापन केन्द्र र आसपास भारी वर्षामापन भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बहने ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नवलपरासीको डण्डास्थित वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना रहेकाले डण्डा, कावासोती र आसपासको गिरिउवारीलगायत अन्य ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । त्यसैले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । 

रुपन्देही जिल्लास्थित लुम्बिनी वर्षामापन केन्द्र र आसपास हल्कादेखि मध्यम वर्षामापन भएको छ । सो क्षेत्र भएर बहने ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०५:५७
प्रतिक्रिया दिनुहोस्