site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोंगबुबाट जुवातास 'खेलिरहेका' नौ जना पक्राउ

काठमाडौं । काठमाडौंस्थित गोंगबुबाट जुवातास खेलेको आरोपमा नौ जना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोंगबुका धर्म महर्जनको घरमा जुवातास खेलिरहेको सूचना पाएको थियो । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले सोही ठाउँका ६४ वर्षीय जनक मानन्धरसहित नौ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई ५५ हजार ५०० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro