site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्छ : नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१औँ पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले विगतका गल्तीको सबैले समीक्षा गर्दै राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कम्युनिस्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरे पनि जनता सन्तुष्ट हुन नसकेको उनको भनाइ थियो । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्वहरू समाधान गरेकाले नेपालीहरूले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे । पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सबैको रहेको उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय साम्राज्यवाद र घरेलु प्रतिक्रियावादविरुद्ध निरन्तर लड्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले बेठिक कुराको विरोध र सही कुराको समर्थन गर्दै न्यायको पक्षमा आवाज उठाउने धारणा राखे ।

निरंकुश व्यवस्थाविरुद्ध संघर्षको विगुल फुकेका योद्धाले २०४० माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा साहदात प्राप्त गरेको दिनलाई पिस्कर स्मृतिका रूपमा मनाउने गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro