site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईपीएल २०२५ मा नयाँ विजेता निश्चित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ ले नयाँ विजेता पाउने निश्चित भएको छ । आइतबार राति मुम्बई इन्डियन्सविरुद्ध पाँच विकेटको जित निकाल्दै पञ्जाब किंग्सले फाइनलमा स्थान बनाएसँगै आईपीएलले नयाँ विजेता पाउने भएको हो ।

पहिलो क्वालिफायरबाट यसअघि रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सविरुद्ध नै आठ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । यी दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् ।

Argakhachi Cement Island Ad

आईपीएलको इतिहासमा पञ्जाब १० र बेंगलुरु आठ वर्षपछि फाइनलमा प्रवेश गरेका हुन् । पञ्जाब पछिल्लोपटक सन् २०१४ मा फाइनलमा पुगेको थियो । बेंगलुरुले सन् २०१६ मा फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल मंगलबार (जेठ २०) राति नेपाली समयानुसार ७ः४५ बजे सुरु हुने तालिका छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्