site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्टरनेटका ग्राहक ३० लाख : एकतिहाइ बजार वर्ल्डलिंकको, यी हुन् २० ठूला कम्पनी

काठमाडौं । नेपालमा मोबाइल ब्रोडब्यान्ड, तारसहित र ताररहित इन्टरनेट सेवा सब्स्क्रिप्सन संख्या करिब तीन करोड पुगेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार, इन्टरनेटका लागि प्रयोग हुने सिम कार्डको संख्या दुई करोड ६२ लाख तीन हजार ५७२ छ ।

यस्तै, विभिन्न कम्पनीबाट तारसहित र ताररसहित इन्टरनेट सेवा लिने ग्राहकको संख्या २९ लाख ८६ हजार ५३३ छ । यसरी कुल इन्टरनेट सेवा सब्स्क्रिप्सन दुई करोड ९१ लाख ९० हजार १०५ पुगेको हो ।

यसमा मोबाइल इन्टरनेटको बजार हिस्सा ८९.८५ प्रतिशत छ । इन्टरनेट कम्पनीको हिस्सा ४४.७५ प्रतिशत छ ।

यस्तो छ कम्पनीहरूको बजार हिस्सा
फाइबरमार्फत घरमै इन्टरनेट जडान गर्ने र वायरलेसरूपमा पनि इन्टरनेट सेवा उपलब्ध गराउने इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीको बजार बढ्दै गएको छ ।

इन्टरनेट कम्पनीमा सबैभन्दा ठूलो बजार हिस्सा वर्ल्ड लिंक कम्युनिकेसनको छ । प्राधिकरणका अनुसार, कुल २९ लाख ८६ हजार ५३३ मध्ये वर्ल्डलिंकका ग्राहक नौ लाख ५२ हजार १४७ अर्थात् ३१.८८ प्रतिशत छन् ।

दोस्रो नम्बरमा ११.६३ प्रतिशत बजार हिस्सा सहित नेपाल दूरसञ्चार कम्पनी अर्थात् नेपाल टेलिकम पुगेको छ । टेलिमका इन्टरनेट ग्राहक संख्या तीन लाख ४७ हजार ४७५ छ ।

तेस्रो नम्बरमा डिश मिडिया नेटवर्क (डिशहोम)को बजार हिस्सा ११.१९ प्रतिशत छ । यसका इन्टरनेट ग्राहक तीन लाख ३४ हजार १२६ छन् ।

चौँथो नम्बरमा  १०.२३ प्रतिशत बजार हिस्सासहित सुबिसु केबलनेट छ । यसका ग्राहक तीन लाख पाँचहजार ६२७ छन् ।

बजार हिस्सा ७.२९ प्रतिशत रहेको पाँचौँ ठूलो इन्टरनेट कम्पनी भायानेटका ग्राहक दुई लाख १७ हजार ८४५ छन् ।

छैटौँ नम्बरमा रहेको वेबसर्फर नेपाल कम्युनिकेसनका ग्राहक एक लाख ८१ हजार ४६४ छन् । यसको बजार हिस्सा ६.०९ प्रतिशत छ ।

सातौँ नम्बरमा रहेको क्लासिक टेकका ग्राहक एक लाख ७१ हजार ५०७ छन् । बजार हिस्सा ५.७७ प्रतिशत छ ।

हेर्नुहोस् सूची

top-20-internet-company-list-1736755759.JPG
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro