site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरक्षाको चलचित्र ‘खेल’ वैशाख १२ मा 

काठमाडौं । नेपाली चलचित्र ‘खेल’को रिलिज मिति तय गरिएको छ । अफिसियल पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट लक गरेको हो । 

अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्र २०८२ वैशाख १२ गते रिलिज हुनेछ । चलचित्रमा सुरक्षासँगै यसमा भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ,  हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम र निकिता आचार्यको अभिनय छ ।

‘खेल’ बलिउडका दर्जनभन्दा बढी चलचित्रमा सहनिर्देशन गरेका अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह–निर्देशकको रूपमा कार्यरत आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेका छन् । 

नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्ससँग जोडिएको कथा चलचित्रमा रहेको छ । चलचित्रमा चारजना साथीहरूको कथा रहेको निर्माणपक्षले जनाएको छ । 

चलचित्रको कथा आशिषराज महर्जनले तयार पारेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् । संवाद विष्णु गैरेले लेखेका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro